कोरोनाबाट थप २८ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर १०, बुधबार १६:५६
प्रकासित समय : १६:५६
काठमाडौँ, आज कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।