अप्रेसन गरिरहेकै बेला हर्ट एट्याक भएर डाक्टरको मृत्यु

काठमाण्डौ, अप्रेशन गरीरहेको बेला डाक्टरलाई ह्रदयाघात हर्ट एट्याक मृत्यु भएको छ । साउदी अरबको उटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको हो । शल्यक्रिया गर्दा गर्दै डाक्टरको मृत्यु भएको विश्वकै संभवतः पहिलो घटना भएको बताइएको छ ।

बीबीसीकानुसार खामिस मुशैट सिभिल हस्पिटलका डा। महदी अल इमारी हाडजोर्नीसम्बन्धी शल्यक्रिया गरिरहेको बेला आफैँ बिरामी भएका हुन् । उनलाई हृदयाघात भएको बताइएको छ । शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा। मजिद अल शहरीले भनेका छन्– एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ ।

इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन् । अन्ततः उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो । त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ । ‘आफ्नो कर्तव्य निर्वाहका क्रममा उनको मृत्यु भयो’ डा। शहरीले संचारमाध्यमसंग भने ।