कोरोनाबाट इन्सपेक्टरको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर ९, मंगलवार ११:४३
प्रकासित समय : ११:४३
विराटनगर, कोरोनाबाट सशस्त्र प्रहरी बलका निरीक्षक इन्स्पेक्टरको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो ।
बुढाथोकीका सहकर्मी ईश्वर कोइरालाकाअनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना संक्रमण देखिएको थियो । त्यसपछि विराटनगरको विराट नर्सिङ होममा उपचाररत गरिएको थियो । उपचारकै क्रममा सोमबार राति करिब सबा ११ बजे बुढाथोकीको मृत्यु भएको थियो ।
तेह्रथुमका बुढाथोकी ३४ वर्षका थिए । उनी आफ्ना सहकर्मीहरु विच सबैभन्दा तन्दुरुस्त मानिन्थे र उनमा यसअघि अन्य कुनै स्वास्थ्य समस्या देखिएको थिएन । त्यस्ता स्वस्थ्य व्यक्तिलाई कोरोना महामारीको संक्रमण भएर मृत्यु भएपछि सहकर्मीहरु आतंकित हुन पुगेका छन् ।