उपत्यकामा थप १ हजार ७ जनामा कोरोना पुष्टि

काठमाडौँ, उपत्यकामा थप १ हजार ७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।