नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर ८, सोमबार १६:२१
प्रकासित समय : १६:२१
काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९८० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।