संसद अधिवेशन गर्न तयार छौंः सभामुख सापकोटा
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफू तयार रहेको बताएका छन् ।संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए ।
‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ’ संसद सचिवालयमा सांसद मोहन पाण्डेको सपतपछि उनले भने ।हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले बताए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।
संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ ।‘संसद सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो रु’ भन्ने पत्कारको प्रश्नमा सभामुखले सापकोटाले भने, ‘हामी हाम्रो तयारीमा छौँ । सरकारसित पनि कुरा चलिरहेको छ ।’