भारतीय विदेश मन्त्रालयका सचिव नेपाल आउँदै

काठमाडौँ, भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर सचिव श्रृंगलाले दुई दिने औपचारिक बिहीबार र शुक्रबार नेपाल भ्रमण गर्ने जानकारी गराएको हो ।

सचिव श्रृंगलाले जिम्मेवारी सम्हालेपछि पहिलो पटक नेपाल भ्रमण गर्न लागेको पनि जनाइएको छ ।भ्रमणका क्रममा उनले नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलसँग नेपालऔभारत सम्बन्धका विविध विषयमा द्विपक्षीय वार्ता गर्नेछन् । उनले अन्य उच्च व्यक्तिहरुसँग पनि भेटघाट गर्नेछन् ।

दुई देशबीच पछिल्लो समय उत्पन्न परिस्थिति र समस्या समाधान गर्न उक्त भ्रमण उपलब्धिमुलक मानिने बताइएको छ ।नेपाल सरकारले कालपानी,लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको पूर्ण नक्सा जारी गरेपछि दुईदेशबीचको सम्बन्ध चिसिएको थियो ।