कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ
प्रकासित मिति : २०७७ मंसिर ८, सोमबार १३:५१
प्रकासित समय : १३:५१
काठमाडौँ, नेपाली कांग्रेसका समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहन गरेका छन् ।
सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा पाण्डे चयन भएका हुन् । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो ।
आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथ खुवाइएको हो ।पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।