पुटिनले बाइडेनलाई बधाई दिएनन्
एजेन्सी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छैनन् ।राष्ट्रपछि पुटिनले आफु कानुनी लडाईँको निर्णयको प्रतिक्षामा रहेको कारण बाइडेनलाई बधाई नदिएको बताएका हुन् । हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा मतगणनामा धाँधली भएको भन्दै कानुनी उपचारको माग गरिरहेका छन् ।
रूसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले भने औपचारिक बधाई ढिलो दिनाले रूस र अमेरिकाको सम्बन्धमा कुनै पनि असर पर्दैन।यद्यपी, दुई देशको सम्बन्धमा पहिलेदेखि तनावमा गुज्रीरहेको छ ।अन्तवार्तामा पुटिनलाई सोधिएको थियो, बधाई दिन ढिलाई गर्नाले दुई देशबीचको सम्बन्ध बिग्रिदैँ जाने त होइन रुु जवाफमा पुटिनले भने, जुन सम्बन्ध पहिलेनै खराब थियो, अब के खराब हुन्छ ।
पुटिननले भने, हाम्रो दुबै जनासँग सम्मानजनक सम्बन्ध छ। बाहिर जाने राष्ट्रपति ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बिडेनसँग हाम्रो सम्मानपूर्ण सम्बन्ध छ। हामीलाई कसैसँग कुनै समस्या छैन। यो औपचारिक कुरा हो। हाम्रो कुनै गोप्य एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिक समारोहमा हतार गर्दा खराब सम्बन्ध सुध्रन्छ। शक्ति राष्ट्र चीनले पनि बाइडेनलाई बधाई दिन आनाकानी गरेको थियो । तर, १३ नोभेम्बरमा औपचारिक रुपमा बधाई दियो ।बीबीसी