प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी उद्घाटन
प्रकासित मिति : २०७७ मंसिर ८, सोमबार १३:२६
प्रकासित समय : १३:२६
ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन्।प्रधानमन्त्री ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा पुगेर घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन।
प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवाश नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि पुगेका छन् ।घुन्सा आउनुअघि प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सिमानाका ओलाङ्चुङगोला र त्यहाँ केहि समयअघि स्थापना गरिएको बोर्डर आउट पोष्ट बिओपीको हवाई निरीक्षण गरेका थिए।
अब प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।