प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि ताप्लेजुङतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत् त्यसतर्फ गएका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले नेपाल(चीन सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई कार्यक्रममा सहभागि हुने भएका छन् ।

प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते सम्म स्थगित भएको थियो । आजको कार्यक्रम मंसिर ५ गते तय गरिएको हो ।उद्घाटन कार्यक्रमपछि ओली इलामममा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुने सल्लाहकार थापाले जानकारी दिए ।उनी यसअघि कात्तिक २५ गते संखुवासभाको किमाथांकालगायत सीमावर्ती क्षेत्र गएका थिए ।