प्रतिनिधिसभा सदस्यमा मनोनीत पाण्डेको सपथ ग्रहण आज
प्रकासित मिति : २०७७ मंसिर ८, सोमबार ११:४१
प्रकासित समय : ११:४१
काठमाडौं, नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले सोमवार पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमवार दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको छ ।कांग्रेस समानुपातिक सांसद सूर्यप्रसाद केसीको मृत्यु भएपछि पाण्डे सांसद बन्ने भएका हुन्। खस आर्य कोटामा सांसद बनेका केसीको १७ कात्तिकमा मृत्यु भएको हो।
रिक्त पदमा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा केसीपछि पाण्डेको नाम भएकाले उनी सांसद हुने जानकारी संसद सचिवालयलाई दिएपछि आज सपथको तयारी गरेको सचिवालयले जनाएको छ।स्याङ्जाका पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।