चिनियाँ राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगिन्
प्रकासित मिति : २०७७ मंसिर ८, सोमबार ११:३७
प्रकासित समय : ११:३७
काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान राजदूत यान्छी खुमलटार पुगेकी थिइन ।
नेकपामा पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड र यान्छीको भेटबार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ । नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता दर्साएकी थिइन्।
यसपालि पनि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन्।