उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि

काठमाडौँ, उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख ९९ हजार २४ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।