देशभर १६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, आज देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३२१ जना संक्रमितको मृत्यु भइसकेको छन् ।

नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।