अध्यक्षले मात्रै होइन, हामीले पनि बोल्न पाउनुपर्छः भीम रावल

धनगढी, नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीका २ अध्यक्षले आफुहरुलाई वेवास्ता गरी अगाडि बढेको आरोप लगाएका छन् ।

पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै उनले बाँकी नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाएका छन् ।धनगढीमा प्रेस संगठन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावल भने, ‘अध्यक्षद्वयले पार्टीको अन्तरविरोधवारे कुरा राख्नु ठीक छ । हामीले पनि राख्न पाउनुपर्छ ।’

पार्टीको सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता रावलले पार्टी अहिले गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै यसघि आफुहरुले पार्टीलाई दिएको सुझावलाई नजरअन्दाज गरेको भन्दै गुनासो पोखे ।