नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

मृत्यु हुनेको संख्या १ हजार ३०५

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।