नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ मंसिर ६, शनिबार १६:१४
प्रकासित समय : १६:१४
काठमाडौँ, नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।
क्वारेन्टिनमा भने ७५७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट देशभरका प्रयोगशालामा मात्र ९ हजार ८०५ जनाको नमुना परीक्षण गरिएको छ ।