कोरोना भाईरसको संक्रमणबाट अछाममा स्वास्थ्यकर्मीको मृत्यु

अछाम, कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सिनियर अहेब श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने उनि जिल्लामा पहिलो स्वास्थ्यकर्मी हुन् ।

यो संगैँ जिल्लामा कोरोना भाईरसको संक्रमण बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लामा हाल २८ जना सक्रिय संक्रमित रहेका छन् ।कमलबजार पिसिआर प्रयोगशालामा आज भएको परिक्षणमा जिल्लाका थप २ जनामा कोरोना संक्रमण देखिएसंगै अछाममा कुल संक्रमितको संख्या ११ सय ६१ पुगेको छ ।