काठमाडौं महानगरले निःशुल्क पिसिआर परीक्षण गर्ने

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने बताएका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका छन् ।

परीक्षणको दायरा फराकिलो बनाउने महानगरको तयारी रहेको भन्दै उनले कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न पनि आग्रह गरेका हुन ।मेयर शाक्यका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।

यसअघि निःशुल्क परिक्षण गर्दै आएको महानगरले सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि स्वाब संकलन रोकेको थियो । हाल सरकारले आफ्नो निर्णय सच्याएसँगै महानगरले पनि सरकारी मापदण्डमा परेकाहरुको निःशुल्क स्वाब संकलन गर्न लागेको हो ।