डिभी परेकाले जनवरीमा पाउदै भिसा

काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी चिठ्ठा परेकाहरूले जनवरीमा भिसा पाउन सक्नेछन् ।

जनवरीपछि कार्यकारी आदेश नथपिएको खण्डमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएकाहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् । भिसा जनवरी अगाडि प्राप्त नहुने भए पनि त्यस अगाडिका सबै प्रक्रिया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका छन ।