उपत्यकामा ८९९ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ मंसिर ६, शनिबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौँ, उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।
काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित पुष्टि हुनेमा १ हजार ६७४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ३ सय २३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।