उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ मंसिर ५, शुक्रबार १६:३१
प्रकासित समय : १६:३१
काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ।
४८४ महिला र ६२६ पुरुष गरी ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। बिहीबार मात्रै २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए।
शुक्रबार १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण ९कोभिड(१९० देखिएको छ। यो सँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म १६ लाख ४२ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।