नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ मंसिर ५, शुक्रबार १६:२२
प्रकासित समय : १६:२२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ।
नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार उपलब्ध गराएको तथ्यांकमा देशभर ५३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९१ हजार २ रहेको छ।