नेपालमा थप १९ सय ४५ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार उपलब्ध गराएको तथ्यांकमा देशभर ५३ सय ६४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९१ हजार २ रहेको छ। मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा १० हजार ३४१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ४३ हजार ९ सय पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ।