कैलालीका थप ३८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ मंसिर ५, शुक्रबार १६:०४
प्रकासित समय : १६:०४
धनगढी, कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर २ र ४ का ३र३ जना, त्यस्तै वडा नम्बर १ का २ जनामा संक्रमण देखिएको जानकारी दिए ।
कैलालीकै भजनी नगरपालिकाका ८ जना, लम्किचुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ । कैलालीकै ठेगाना नखुलेका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।