विष्णु पौडेलले भन्छन परिस्थिति गम्भीर छ
प्रकासित मिति : २०७७ मंसिर ५, शुक्रबार १५:५८
प्रकासित समय : १५:५८
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव विष्णु पौडेलले धुम्बाराहीमा भेट वार्ता गरेका छन्। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको भेटलाई सबैले चासोका रुपमा हेरेका थिए।
मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २८ गते दाहालले पेश गरेको आरोप पत्रको जवाफ दिनका लागि १० दिनको समय मागेका थिए।
ओलीले समय मागेसँगै बैठक १० दिन पर धकेलिएको थियो। नेकपाको आगामी बैठक मंसिर १३ मा बस्दै छ। धुम्बाराहीमा अध्यक्ष दाहालसँग भेट गरेर बाहिरिनेक्रमममा महासचिव पौडेलले भने, ‘परिस्थिति गम्भीर छ।’