पोखरामा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु

काठमाडौँ, पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ ।

मृत्यु हुनेमा पोखरामहनगरपालिका ९ का ६८ वर्षीय पुरुष, पोखरा महानगरपालिका २१ का ७५ वर्षीय पुरुष, पोखरा माहनगरपालिका १७ का २९ वर्षीय पुरुष र पोखरा महानगरपालिका १३ का ५५ वर्षीय पुरुष, पोखरा महानगरपालिका २७ का ७१ वर्षीय पुरुष र पोखरामहानगरपालिका ८ का ५४ वर्षीय पुरुष छन् ।

त्यस्तै तनहुँ म्याग्दी गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ