प्रचण्ड, पौडेल र पोखरेलबीच छलफल
प्रकासित मिति : २०७७ मंसिर ५, शुक्रबार १३:५८
प्रकासित समय : १३:५८
काठमाडौं, पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच छलफल भएको छ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले शुक्रबार दिउँसो पौडेल र पोखरेलसँग भेटबार्ता गरेका हुन् ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र सचिवालयमा वितरण गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन् ।