जर्जियामा पुनः हारे ट्रम्प

एजेन्सी, अमेरिकाको जर्जिया राज्यमा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका छन् । त्यहाँ सुरुवाती नतिजामा बाइडेन अगाडी देखिएका थिए । तर, ट्रम्प पक्षले पुनः मतगणनाको माग गरेपछि दोहोराएर मत गणना गरिएको थियो ।

समग्रमा अमेरिकी चुनावमा बाइडेनले ट्रम्पभन्दा ५९ लाख बढी मत प्राप्त गरेका हुन ।चुनावमा बाइडेनले ३ सय ६ इलेक्ट्रोरोल कलेज भोट प्राप्त गर्दा ट्रम्पले मात्र २ सय २३ भोट पाएका थिए । जबकी राष्ट्रपति बन्न २ सय ७० कलेज भोट आवश्यक पर्दछ ।

बाइडेनले एकपटक फेरी ट्रम्पले चुनावी नतिजा स्विकार नगरेको भन्दै उनको आलोचना गरेका छन् । बाइडेनले ट्रम्पलाई गैरजिम्मेवार राष्ट्रपतिको संज्ञा दिएका छन् ।