चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने
प्रकासित मिति : २०७७ मंसिर ५, शुक्रबार १३:१७
प्रकासित समय : १३:१७
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि हुन वाङ नेपाल आउने भएका हुन ।वाङ उक्त कार्यक्रमको समापन समारोहमा सहभागि हुने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
नोभेम्बर २० देखि २६ तारिखसम्म हुने सो कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रममा तस्बिर, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री प्रदर्शन गरिनेछ ।