बाँकेको हिरासतमा रहेका एक थुनुवाले गरे आत्महत्या

बाँके, बाँके प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका एक जना थुनुवाले आत्महत्या गरेका छन् । हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कट्टीका बाबुलाल रैदास चमारले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।  बालक अपहरण तथा हत्या गरेको अभियोगमा हिरासतमा रहेका रैदासले विहान पौने ५ बजे शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

टाउकोमा बाँधेको कपडाको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको थियो । यता घटनाको बारे बारेमा जानकारी पाउने बित्तिकै बाँकेमा क्रियाशील मानव अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन गरि घटनाका बारेमा जानकारी लिएका छन् ।

घटनाको बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय बाँकेमा बरिष्ठ अधिवक्ता एवं मानव अधिकारकर्मी प्रल्हाद बहादुर कार्की, थर्ड एलायन्सका आलम खान, आइएचआरसीका बिश्वाजित तिवारी, अधिकारकर्मीहरु बसन्त गौतम, सुरेश गौतम, बल बहादुर चन्द, प्रभात ठकुरी लगायतले अनुगमन गरिएको बाँके प्रहरीले जनाएको छ । आत्महत्या गरेका थुवा रैदासको पोष्ट मार्टमका लागि तयारी भइरहेको र वडा अध्यक्ष भण्डारीलाल यादव लगायतको रोहबरमा मुचुलका प्रहरीले तयार गरेको छ । आत्महत्या किन गरे भन्ने बारेमा बिस्तृत जानकारी बाहिर आउन सकेको छैन ।