उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ मंसिर ४, बिहीबार १७:२३
प्रकासित समय : १७:२३
काठमाडौँ, उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार काठमाडौं जिल्लामा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो ।
थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।यस्तै, काठमाडौंमा १२ हजार ४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २२ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाबाट हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।