अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष सिंह पक्राउ
प्रकासित मिति : २०७७ मंसिर ४, बिहीबार १६:४४
प्रकासित समय : १६:४४
रुपन्देही, विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।हाल विप्लव नेतृत्वको नेकपाको पाल्पा जिल्ला इन्चार्ज समेत रहेका पुर्व विद्यार्थी नेता सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह सिंह सहित पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु दुवै जनालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।