नेपालमा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ मंसिर ४, बिहीबार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौँ, नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । क्वारेन्टिनमा भने ७६७ जना रहेका छन् ।