सुदूरपश्चिममा हिउँदे अधिवेशन सञ्चालनमा ढिलाइ

धनगढी, सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेसन सञ्चालनमा ढिलाइ भएको छ ।बजेट अधिवेशन सकिएको ३ महिना बिते पनि प्रदेश सभाको हिउँदे अधिवेसन सञ्चालन हुन सकेके छैन । गत साउन ३१ गते प्रदेशसभाको छैठौँ एंव् बजेट अधिवेशन अन्त्य भएको थियो ।हिउँदे अधिवेशन सञ्चालनमा ढिलाइ हुँदा जनजिविकाका सवाल उठाउन नसकिएको बताइएको छ ।

सांसदहरुले सदन नचल्दा कोभिड–१९ प्रभावितको औषधोउपचार, नागरिकको जीवनयापनमा परेका समस्यालगायत सरकारका दैनिक काम कारवाहीका विषयमा आवाज उठाउने जनप्रतिनिधिमूलक संस्थाको भूमिका शून्य देखिएको गुनासो बढेको छ ।प्रमुख प्रतिपक्षी दल नोपली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले भने, ‘कोरोना नियन्त्रण, विकास निर्माण, सुशासन र सरकारको दैनिक कामकारवाहीमा खबरदारी गर्न सदन चल्नुपर्छ , सरकारको योजना समयमै कार्यान्वयन गर्न दबाव दिन सदन चल्नु अपरिहार्य छ ।’

जनता समाजवादीका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले अधिवेशन नचल्दा सांसदहरु कामबिहिन भएको बताए् । प्रदेश सरकारको काम र योजना सञ्चालनमा हुने ढिलाइबारे सभाबाट खबरदारी गर्दा गति दिन सरकारलाई दबाब पर्ने भएकोले अधिवेसन आह्वानमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।कोरोना पीडितको उपचार, दैवी प्रकोप, किसानका समस्याप्रति प्रदेश सरकार उदासिन बनेको समेत चौधरीको आरोप छ ।

सत्तारुढ नेकपाका सांसदहरुले समेत सार्वजनिक सरोकारका विषयमा छलफल गर्न सदन चल्नुपर्ने माग गरेका छन् । नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले लोकतान्त्रिक सरकारले जनप्रतिनिधीहरुले नागरिकका तर्फबाट उठाउने आवाज सुन्नु पर्ने भएकोले सदन चल्नुपर्ने बताए ।तर मुख्यमन्त्री त्रिलोचन भट्टले सदन चलाउने विषयमा सरकारले अझै कुनै छलफल र तयारी नगरेको बताएका छन् ।