प्याजको मूल्यमा गिरावट
प्रकासित मिति : २०७७ मंसिर ४, बिहीबार १२:३०
प्रकासित समय : १२:३०
काठमाडौँ,आज प्याजको मूल्यमा केही मात्रामा गिरावट आएको छ ।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य विवरण प्रकाशीत गरेसंगै प्याजमा गिरावट आएको हो ।यसअघि प्रकाशीत विवरणमा सुकेको प्याज भारतीयको मूल्य प्रतिकेजी १०८ रुपैयाँ रहेकोमा आज प्रतिकेजी ९८ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज भारतीय प्याजको मूल्यमा ९ दशमलव २६ प्रतिशतले गिरावट आएको हो ।त्यस्तै सुकेको प्याज चाइनिज पनि आज ८ दशमलव २४ प्रतिशतले घटेर प्रतिकेजी ८५ रुपैयाँबाट ७८ रुपैयाँ कायम भएको छ।