आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छः केपि शर्मा ओली
काठमाडौं, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने बताएका छन् ।
तर, यदी आरोप अपुष्ट भएको खण्डमा अध्यक्ष प्रचण्ड पदबाट हुट्नुपर्ने पनि बताएका छन् ।बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले भने, बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन ।
अब यसमा जानुपर्ने हुन्छ । यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।ु