उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ मंसिर ३, बुधबार १६:४६
प्रकासित समय : १६:४६
काठमाडौँ, उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको छन ।
पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।
बुधबार देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा ३ हजार ५३८ कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।