नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

योसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताएका छन ।