चित्रबहादुर केसीले कोरोनालाई जितेर घर फर्किए
प्रकासित मिति : २०७७ मंसिर ३, बुधबार १६:१३
प्रकासित समय : १६:१३
काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना जितेर घर फर्किएका छन् ।
निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार अस्पतालबाट डिस्र्चाज भएका छन ।
अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।