सचिवालय बैठक १० दिनका लागि सारियो
काठमाडौँ, सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि सारिएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने गरी निर्णय गरेको प्रधान्मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्ने बुधबारलाई बैठक तय भएको थियो ।आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।
अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ । बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यस्तै यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।