नेकपा सचिवालय बैठक निर्धारित समय भन्दा १२ मिनेट ढिला सुरु

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुरु भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समय भन्दा १२ मिनेट ढिलो सुरु भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली केहि समय ढिला सहभागि भएपछि केहिबेर ढिला सुरु भएको थियो । आजका लागि तय भएको सचिवालय बैठकमा अध्यक्ष दाहाल सहित सबै सचिवालय सदस्यहरु निर्धारित समयमानै बालुवाटार प्रवेश गरीसकेका थिए । केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति नजनाएपछि आज बैठक बसेका हो ।

पार्टीभित्रको बिवाद समाधानको लागी केहि बेर बसेर सहमतिमै बैठक सार्ने संभावना पनि देखिएको छ । बैठक सार्ने बिषयमा केहिबेरमा निश्चित हुने एक स्रोतले जनाएको छ ।