नेकपा सचिवालय बैठक केहिबेरमा बालुवाटारमा सुरु हुदैं

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुर हुदैछ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

आजका लागि तय भएको सचिवालय बैठकमा अध्यक्ष दाहाल सहित सबै सचिवालय सदस्यहरु बालुवाटार प्रवेश गरीसकेका छन । केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति नजनाएपछि आज बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली आएलगतै सचिवालय बैठक सुरु हुने भएको छ ।