प्रधानमन्त्री सहित १ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने
प्रकासित मिति : २०७७ मंसिर ३, बुधबार १०:४२
प्रकासित समय : १०:४२
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने भएको छ ।
केहि बेर सचिवालय बैठक बसेर बैठक केहि दिन पर सार्ने र लगतै मन्त्रीपरिषद् बैठक बस्ने पनि एक स्रोतले जनाएको छ । नेकपामा उत्पन्न रहेको बिवाद समाधानको बिषयमा छलफल गर्न अहिले रास्ट्रपति भेट्न प्रधानमन्त्री ओलि शितल निवासमा पुगेका छन ।सचिवालय बैठक बस्ने भनिएकै समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक तय गरेका थिए।
तर पूर्वनिर्धारित समयअनुसार दिउँसो १ बजे नै बालुवाटारमा सचिवालय बैठक बस्ने नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठले ट्विटमा उल्लेख गरेका थिए ।