नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ।

याेसँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सोही समयावधिमा २८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन्।