उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ मंसिर २, मंगलवार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो ।
काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् । २४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
योसँगै निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ ।