नेपालमा थप ५०२जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।