धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कैलालीको धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ३ पुरुष र २ महिलामा संक्रमण देखिएको जानकारी दिए ।