स्पेन र जर्मनीबीच प्रतिस्पर्धा
प्रकासित मिति : २०७७ मंसिर २, मंगलवार १४:०३
प्रकासित समय : १४:०३
एजेन्सी, यूईएफए नेसन्स लिग फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लिग ए को समूह डी मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग सामना गर्न लागेको हो । खेल नेपाली समयानुसार राति १ः३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा स्पेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, बलियो जर्मनीविरुद्ध जित निकाल्न स्पेनलाई सहज छैन । जर्मनी पनि स्पेनलाई हराएर नेसन्स लिगको सेमिफाइनलमा पुग्न चाहन्छ । स्पेनलाई यसकै घरेलु मैदानमा हराउनु सहज भने छैन ।
यस अघिको पहिलो भेटमा जर्मनी र स्पेनले १(१ गोलको बराबरी खेलेको थियो । यस समूहमा जर्मनी ५ खेलमा ९ अंक सहित शीर्ष स्थानमा रहेको छ । स्पेन ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।